• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चीनको चर्चित घर ‘आइ अफ जिन्सी’ अन्ततः मालिकद्वारा परित्याग


  • धनकुटा खबर
  • .

जियान्सी । चीनको जियान्सी प्रान्तमा रहेको चर्चित ‘आइ अफ जिन्सी’ नेल हाउस अन्ततः यसको मालिकले छाडेका छन्।

मालिक ह्वाङ पिङ (नाम परिवर्तन) ले सरकारले दिएको क्षतिपूर्ति प्रस्ताव अस्वीकार गर्दै आफ्नै घरमै बस्ने अडान लिएका थिए। तर, चारैतिर बाटो बनेर निरन्तर सवारी आवाज गुन्जिएपछि उनी र उनका परिवारले घर बस्नै नसक्ने भई अन्ततः छाड्न बाध्य भएका हुन्।

गत अप्रिलमा राजमार्ग उद्घाटन भएपछि घरको वरिपरि सधैँ गाडी गुड्न थालेको थियो। ध्वनिरोधक सुविधा नभएकाले ठूलो ट्रक र निरन्तरको गडगडाहटले घर असह्य बनेको थियो। वरिपरि झ्याल फुटेको र झाडी उम्रिएको देखिएपछि स्थानीयले घर परित्याग भएको अनुमान गरेका थिए।

ह्वाङले पहिले करिब १६ लाख युआन (२ लाख २३ हजार डलर) क्षतिपूर्ति पाउने मौका पाएका थिए, तर सरकारले दुई किस्तामा दिने शर्त राखेपछि उनले अस्वीकार गरेका थिए। पछि सरकारको निर्णयअनुसार राजमार्गै घर वरिपरि बनेर यो घर ‘नेल हाउस’ को रूपमा चिनियो। तर, अहिले घर खाली भएपछि, भत्काइए पनि पहिलेको भन्दा निकै कम क्षतिपूर्ति मात्र पाइने बताइएको छ।

सो घटनाबारे सामाजिक सञ्जाल वेइबोमा विभिन्न प्रतिक्रिया आएका छन्। कसैले ‘यो सुनसान पहाडी क्षेत्रमा सडक नभएको भए घर कसले किन्न्थ्यो र ?’ भन्दै टिप्पणी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖