घरेलु जारी विश्वकपको पहिलो खेलमा भारतीय स्पिनरले उत्कृष्ट बलिङ गरेका छन्। चेन्नईमा जारी खेलमा भारतीय स्पिनरले ६ विकेट लिएपछि भारतले विश्वकपको सर्वाधिक सफल टिम अस्ट्रेलियालाई १९९ रनमै अलआउट गर्यो।
अस्ट्रेलियालाई ४९.३ ओभरमा १९९ रनमा अलआउट गरेको भारतले २ सय रनको सामान्य लक्ष्य पाएको छ। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेविड वार्नरले ४१ रन बनाए। यी दुईका अलावा मिचेल स्टार्कले २८ र मार्नस लाबुसेनले २७ रनको योगदान दिए।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका रविन्द्र जडेजा १० ओभरमा २ मेडनसहित २८ रनमात्र खर्चेर ३ विकेट लिए। यस्तै, जस्प्रित बुमराह र कुलदीप यादवले समान २ विकेट लिँदा हार्दिक पाण्ड्या, मोहम्मद सिराज र रविचन्द्रन आश्विनको नाममा पनि समान १ विकेट र्हयो।
