• Tuesday 6th of October 2026

रोजगारका लागी मलेसिया गएका कचनकवलका राजवंशीले गरे आत्महत्या


  • धनकुटा खबर
  • .

कचनकवल। रोजगारीका लागी मलेसिया गएका झापाको कचनकवल गाउँपालिकाका एक युवकले १३ महिना नबित्दै मलेसियामा आत्महत्या गरेका छन् ।

कचनकवल ७ बालुबाडी घर भएका जेठलाल राजवंशीका २२ बर्षिया छोरा सहदेव राजवंशीले आत्महत्या गरेका हुन्। उनी ३ दाजुभाइ मध्येका जेठा छोरा हुन् ।

गत वर्षको भदौमा रोजगारीका सिलसिलामा मलेसिया गएका उनले आफूले काम गर्ने फ्याक्ट्रीमा आज बिहान झुन्डिएर आत्महत्या गरेको वडा नम्बर ७ का वडाध्यक्ष भारत राजवंशीले जानकारी दिए ।

उनको शव नेपाल ल्याउनका लागी प्रक्रिया भइरहेको अध्यक्ष राजवंशीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖