काठमाडौँ । काभ्रेको पनौती नगरपालिका स्थित देबार खोलामा बालिकाको शव फेला परेकाे छ ।
खोलाले बगाएर ल्याएको करिब ११ वर्षीया बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बिहीबार साँझ ५ बजेतिर शव भेटिएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रामेश्वर त्वाती नेतृत्वको समूहले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृतक बालिकाको पहिचान खुल्न सकेको छैन ।
