• Monday 5th of October 2026

बन्द हुने भयो शिल्पा शेट्टीको रेष्टुराँ


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टीको रेस्टुराँ बास्टियन बन्द हुने भएको छ । यो रेस्टुरेन्ट मुम्बईको बान्द्रामा छ । अभिनेत्री आफैंले रेष्टुराँ बन्द हुन लागेको घोषणा गरेकी हुन् ।

उनले यसलाई एक युगको अन्त्य भनेकी छिन् । आफ्नो आधिकारिक इन्स्टाग्राम खाताबाट बास्टियन बन्द हुने घोषणा गर्दै शिल्पा शेट्टीले लेखेकी छन्, ‘यो बिहीबार एक युगको अन्त्य हुनेछ, जब हामी मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्यहरू मध्ये एक बास्टियन बान्द्रालाई बिदाइ दिन्छौं । यो त्यो ठाउँ हो जसले हामीलाई अनगिन्ती सम्झनाहरू, अविस्मरणीय रातहरू र क्षणहरू दियो जसले शहरको रात्रि जीवनलाई आकार दियो । अब यो ठाउँमा यसको अन्तिम पर्दा खस्दैछ ।’

अभिनेत्रीले थप लेखेकी छन्, ‘यस लिजेन्ड्री ठाउँको सम्मान गर्न, हामी हाम्रो सबैभन्दा नजिकका पाहुनाहरूका लागि एक विशेष साँझको आयोजना गर्न गइरहेका छौं, एउटा रात जुन पुरानो याद, ऊर्जा र जादूले भरिएको हुनेछ, जसमा बास्टियनले अहिलेसम्म दिएका सबै कुराको उत्सव मनाइनेछ ।’

शिल्पा शेट्टीले आफ्नो पोस्टमा रेस्टुरेन्ट बन्द गर्नुको कारण बताएकी छैनन् । शिल्पा शेट्टीले यो रेस्टुरेन्ट सन २०१६ मा रंजित बिन्द्रासँग मिलेर सुरु गरेकी थिइन् । यो ठाउँ मुम्बईको रात्रि जीवनमा धेरै लोकप्रिय थियो । सन २०२३ मा यसलाई पुनः स्थापित गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖