काठमाडौं । यादव सरकार स्टेज नामले चिनिने मैथिली र्यापर डीके सागरलाई चर्चित भारतीय संगीतकर्मी योयो हनी सिंहले इन्स्टाग्राममा पछ्याएका छन् ।
सागरले इन्स्टाग्रामबाट यसबारे जानकारी दिएका छन् । मैथिली हिपहप गीतको लागि परिचित डीके सागरलाई हनी सिंहले पछ्याएपछि उनले ध्यान खिचेका छन् ।
सागर मैथिली भाषामा आफ्नो र्याप संगीतको लागि परिचित छन् । उनले यसका लागि वीरेन्द्र केशरीजस्ता कलाकार र निर्मातासँग सहकार्य गरेका छन् ।
उनका संगीतले मधेसी समुदाय र नेपालको दैनिक जीवनसँग सम्बन्धित विषयवस्तुलाई दर्शाउँछन् जसले नेपाली हिपहप दृश्यको विविधतामा थपेको छ ।
उनको पछिल्लो गीत ‘जन चेतना’ले विदेशमा समेत चर्चा बटुलेको छ । छुटकारा, फुटल नसिब र दिल लगता कहिँ उनका चर्चित गीत हुन् ।
