• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पूर्वप्रधानमन्त्री देश छाडेर फरार, महत्त्वपूर्ण अदालती फैसला आउनेवाला थियो


  • धनकुटा खबर
  • .

बैंकक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा अचानक देश छाडेर भागेका छन् ।

पाँच दिनपछि उनको विरुद्धमा एउटा महत्त्वपूर्ण अदालती फैसला आउनेवाला थियो, जसमा उनलाई जेल सजाय हुने प्रबल सम्भावना देखेर डरले देश छोडेको बताइएको छ ।

केही दिनअघि मात्र थाइल्यान्डको संवैधानिक अदालतले थाकसिनकी छोरी तथा प्रधानमन्त्री पैतोंगटार्न शिनावात्रालाई सीमा विवादमा नैतिक दुराचार गरेको आरोपमा पदबाट हटाएको थियो । यस घटनाले देशमा राजनीतिक अस्थिरता बढेको छ ।

शिनावात्राले बैंककको डन मुएङ विमानस्थलमा अध्यागमन अधिकारीहरूलाई आफू सिंगापुर जान लागेको बताएका थिए । तर, उडान डेटाले उनको निजी विमान सिंगापुरतर्फ उडेपछि भारतको दिशामा मोडिई त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ उडेको देखाएको छ ।

यसबाट उनी दुबई गएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖