• Tuesday 6th of October 2026

विश्वका विभिन्न मुलुक हुँदै अमेरिका छिर्न खोज्ने ५० नेपाली फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । संयुक्त राज्य अमेरिका प्रवेशका लागि विश्वका विभिन्न मुलुक हुँदै मेक्सिको पुगेका ५० जना नेपालीलाई डिपोर्ट गरिएको छ ।

ती सबै आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२६ मा साढे ६ बजे इस्तानबुलबाट काठमाडौं आइपुगेका छन् । उनीहरु काठमाडौंबाट दुबई,नयाँ दिल्ली, दोहालगायत शहर हुँदै मेक्सिको पुगेको बताइन्छ ।

अमेरिकाको सीमाना नाघेर प्रवेश गर्ने उद्देश्यले त्यहाँ पुगेको आशंकामा मेक्सिकोले विमानस्थलबाटै इस्तानबुल फिर्ता पठाएको हो । तीमध्ये केही युनाइटेड अरब इमिरेट्समा झण्डै एक दशकसम्म काम गरेकासमेत पाइएको छ ।

मेक्सिकोबाट आज बिहान काठमाडौं आइपुग्नेमा धेरैजसो रोल्पा,रुकुम र सल्यानका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖