• Sunday 4th of October 2026

शाहरुखलाई ज्यान मार्ने धम्की आएपछि सरकारले बढायो सुरक्षा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान सन् २०२३ मा निकै चर्चामा रहे।
जनावरीमा उनको फिल्म ‘पठान’ प्रदर्शन भयो भने सेक्टेम्बर ७ मा ‘जवान’। यी दुवै फिल्मले बक्स अफिसमा आक्रमक कमाइ गर्‍यो। योसँगै उनी आगामी फिल्म ‘डंकी’ प्रदर्शनको पखाईमा छन्। यसैबीच शाहरूखलाई लगातार ज्यान मार्ने धम्की आइरहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ।

शाहरूखलाई मार्ने धम्की आएपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको छ। शाहरूखलाई ‘वाई प्लस’ क्याटागोरी सुरक्षा दिइएको छ।
केही दिनअघि शाहरूखले आफूलाई लगातार ज्यान मार्ने धम्की आएको भन्दै राज्य सरकारलाई लिखित रूपमा निवेदन दिएका थिए। अब उनीसँग हातहतियारसहित ६ जना सुरक्षा गार्ड रहनेछन्।

यसअघि बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो। महाराष्ट्र सरकारले सलमानको सुरक्षा बढाउँदै ‘वाई प्लस’ क्याटागोरी सुरक्षा दिएइको थियो।

बलिउडका कलाकारहरूलाई ज्यान मार्ने धम्की आइरहन्छ, त्यसैले उनीहरूको सुरक्षा बढाइएको हो। उनीहरूलाई सुरक्षा दिने कि नदिने भनेर गुप्तचर विभागले रिपार्ट तयार पार्छ। यसैको आधारमा कुन कलाकारलाई कति खतरा भन्ने मापन गर्दै सुरक्षा दिइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖