• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

भिडियो खिचेपछि लुटेराले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ सुरेशले प्रहरीलाई बुझाए


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको फाइदा उठाउँदै लुटराले लुटेर फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ ललितपुरका सरेश देउवाले प्रहरीलाई बुझाएका छन् । भक्तपुर घर भएर ललितपुरको बंगलामुखी बस्दै आएका उनले जिल्ला प्रहरी परिसर ललितपुरमा गएर रकम बुझाएका हुन् ।

बानेश्वरमा लुटेराले फ्याँकेको रकम देउलाले बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरी अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको छ। जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर रकम लुट्न सुरु गरे ।

ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए ।

भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ रु’त्यसपछि एक जनाले उनलाई पैसाको बिटो फाल्दै भन्छन्, ‘ल, यही चाहिएको होइन रु’ भदौ २४ मा साँझ त्यसरी लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय देउलाले प्रहरीलाई बुझाएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖