• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन


  • धनकुटा खबर
  • .

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। उनले यसरी लुकेर बस्नेलाई लिडर नभनिने बताए।

‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ! लिडर भनिँदैन!’ हर्कले लेखेका छन्।

जेन-जी आन्दोलनपछिको सरकार गठनको प्रक्रियामा बालेन नदेखिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖