• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

जेनजीलाई समर्थन गरेको भन्दै एमाले कार्यकर्ताद्वारा खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

हेटौंडा । हेटौंडा बजारमा निर्माण व्यवसायी तथा मकवानपुर गढी गाउँपालिकावासी प्रेम कुमार घिमिरेमाथि सोमबार साँझ खुकुरी प्रहार भएको बताइएको छ।

घिमिरे मकवानपुर गढी जेसीसका सदस्य समेत रहेको भनिएको छ।

प्रारम्भिक जानकारीअनुसार हालैको Gen-Z आन्दोलनमा घिमिरेले दिएको समर्थनकै कारण उनीमाथि प्रहार भएको हुनसक्ने बताइएको छ।

घटना हेटौंडा बजारमै भएको हो, जहाँ घिमिरे सवार गाडी रोकिएपछि उनीमाथि टाउको र हातमा लक्षित गरी खुकुरी प्रहार गरिएको प्रतक्ष्यदर्शीले बताएका छन्।-निलोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖