भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन् । यो कुराको जानकारी ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।
फोन वार्ताको क्रममा उनीहरुबीच रुस–युक्रेन युद्धबारे पनि कुरा भएको थियो ।
ट्रम्पले ट्रुथ सोशल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत निकै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गर्दैछन् ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन्, ‘नरेन्द्र, रुस र युक्रेनबीचको युद्ध अन्त्यको पहलमा सहयोग पुर्याएकोमा धन्यवाद ।’
