• Tuesday 6th of October 2026

इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल सुरु


  • धनकुटा खबर
  • .

इजरायलस्थित नेपाली दूतावासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल सुरु गरेको छ।

सोमबार साँझ एक विज्ञप्तिमार्फत दूतावासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन प्रक्रिया अघि बढाएको जानकारी दिएको हो।

दक्षिण इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव फिर्ता गर्न पनि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरू गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै चार जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको दूतावासले जनाएको छ। साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖