• Monday 5th of October 2026

एक खुट्टाले नाचेर चर्चमा आएकी चर्चित डान्सर सीता सुवेदीको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ । ४० वर्षीय सुवेदीको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको बिगत एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन् ।

चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।

एक खुट्टाले नाचेर चर्चमा आएकी सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै स्टेजमा नृत्य गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖