• Monday 5th of October 2026

एमबाप्पेको दुई गोलमा रियलको लगातार छैटौं जित


  • धनकुटा खबर
  • .

काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले गएराती स्पानिस लिगमा लेभान्टेलाई ४-१ ले पराजित गरेको छ । यस सिजन रियलको यो लगातार छैटौं जित हो र शतप्रतिशत जितलाई कायम राखेको छ ।

लेभान्टेको मैदानमा भएको खेलमा एमबाप्पेले दोस्रो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गरे ।

रियलले २-१ को अग्रता लिइरहेका बेला उनले ६४औं मिनेटमा पहिलो गोल गरे भने ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसअघि भिनियस जुनियरको गोलमा रियलले २८औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्को मास्टानटुनोले ३८औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । रियलको जर्सीमा उनको यो पहिलो गोल समेत हो । लेभान्टेका लागि एत्ता इयोङले ५४औं मिनेटमा एक गोल गरे ।

रियलका प्रशिक्षक जाबी असोनसो ला लिगामा सुरुवाती ६ खेल जित्ने दोस्रो प्रशिक्षक बनेका छन् ।

भान्डेरेलइ लक्जेम्बर्गोले सन् २००५ मा सुरुवाती लगातार ७ खेल जितेका थिए । आउने शनिवार रियलले मड्रिड डर्बीमा एट्लेटिकोसँग खेल्दा अलोन्सोलाई त्यो कीर्तिमान बराबरी गर्ने अवसर हुनेछ ।

लगातार ६ जितपछि १८ अंक जोडेर रियल शीर्ष स्थानमा आसिन छ । रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖