• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भाइरल : जब ट्रम्पको सवारीका लागि सडकमा फ्रान्सका राष्ट्रपतिलाई रोकियो…


  • धनकुटा खबर
  • .

न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन मंगलबार राति आफ्नो दूतावास फर्किँदै थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीलाई बाटो दिनको लागि उनलाई अघि बढ्न न्युयोर्क प्रहरीले रोक्यो।

ट्रम्पको सवारीको लागि सबै सडकहरू अवरुद्ध भएकोले म्याक्रोन न्युयोर्कको सडकमा रोकिए। म्याक्रोन आफ्नो गाडीबाट बाहिर निस्केर सडक अवरुद्धको बारेमा सोधपुछ गर्न प्रहरीकहाँ गए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

एक प्रहरी अधिकारीले म्याक्रोनलाई भने, ‘मलाई माफ गर्नुहोस्, राष्ट्रपति महोदय। अहिले सबै कुरा अवरुद्ध छ।’ प्रहरीले ट्रम्पको गाडी त्यहाँबाट जाने बताएपछि म्याक्रोन सडकमा उभिएर अमेरिकी राष्ट्रपतिलाई फोन गरिरहेको देखिए।

न्युयोर्कका मानिसहरूले हेरिरहेको बेला, म्याक्रोनले ठट्टा गर्दै ट्रम्पलाई बाटो खाली गर्न आग्रह गरे। ‘तपाईँलाई कस्तो छ? के भयो अनुमान गर्नुहोस्, तपाईंको लागि सबै बन्द भएकोले म सडकमा पर्खिरहेको छु,’ म्याक्रोनले ट्रम्पलाई भनिरहेको सुनियो।

फ्रान्सेली राष्ट्रपति आफ्नो गाडीमा फर्किएनन् र ट्रम्पसँग फोनमा कुरा गरिरहे। न्युयोर्कवासीका लागि यो दुर्लभ दृश्य थियो – सामान्य सुरक्षाबिना नै फ्रान्सेली राष्ट्रपति सडकमा हिँडिरहेका थिए।

यसअघि, म्याक्रोनले महासभामा फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिएको घोषणा गरे । उनले इजरायली र प्यालेस्टिनीहरूबिच दशकौँ लामो द्वन्द्वको लागि दुई-राज्य समाधानको विचारलाई पुनर्जीवित गर्न आग्रह गरे।

म्याक्रोनले शान्तिको समय आएको बताउँदै गाजामा चलिरहेको युद्धको कुनै औचित्य रहेको जिकिर गरे । अस्ट्रेलिया, बेलायत, क्यानडा र पोर्चुगलपछि फ्रान्स यो कदम चाल्ने देशहरूको लहरमा सामेल भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖