• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चीनमा एउटै परिवारका ११ जनालाई मृ’त्युद’ण्डको सजाय


  • धनकुटा खबर
  • .

बेइजिङ । चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्ड दिइएको छ ।

म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा देशको एक अदालतले माफिया परिवारका ११ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको चिनियाँ सरकारी सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । यस परिवारका दर्जनौँ सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । परिवारका अन्य धेरै सदस्यहरूलाई पनि लामो जेल सजाय सुनाइएको छ ।

चीनको यो माफिया परिवारले म्यानमारको सानो सहर लौक्काईलाई नियन्त्रण गर्ने चार घरानाहरू मध्ये एकको लागि काम गर्थ्यो । म्यानमार–चीन सीमा नजिकै अवस्थित यो सहर जुवा, लागूपदार्थ र असङ्ख्य घोटाला केन्द्रहरूको केन्द्र बनेको छ। २०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्ने क्रममा धेरै सदस्यहरूलाई पक्राउ गरेर चिनियाँ अधिकारीहरूलाई बुझाएको थियो ।

चीनको सरकारी टिभी च्यानल सीसीटीभीकाअनुसार उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका कुल ३९ सदस्यहरूलाई सजाय सुनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖