• Monday 5th of October 2026

जे गर्नु छ मलाई गर, मेरा कार्यकर्तालाई होइन – दक्षिण भारतीय अभिनेता विजय


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । तमिल फिल्म उद्योगका चर्चित अभिनेताबाट राजनीतिज्ञ बनेका विजयले तमिलनाडुको करुरमा आफ्नो ‍र्‍यालीमा भएको भागदौडबारे एउटा भिडियो जारी गरेका छन् ।

त्यसमा उनले घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री एम.के. स्टालिनलाई निशाना बनाएका छन् । ‘मुख्यमन्त्रीज्यू, तपाईंले बदला लिन चाहनुहुन्छ भने जे जति गर्न सक्नुहुन्छ गर्नुस्, तर मेरो पार्टीका कार्यकर्ताहरूमाथि कारबाही नगर्नुस् । म या त घरमा रहनेछु या त कार्यालयमा । जे गर्न मन लाग्छ गर्नुस्,’ मुख्यमन्त्री स्टालिनलाई सम्बोधन गर्दै विजयले भनेका छन् ।

‘मैले जनताको सुरक्षालाई मात्र ध्यानमा राखेको थिएँ । मैले सावधानीपूर्वक स्थान छनौट गरें । तर जे हुनु हुँदैनथ्यो त्यहीँ नै भयो,’ घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने ।

‘म पनि एक मानिस हुँ । म तिनीहरूलाई यस्तो समयमा छोड्न सक्दिन । तर यस्ता घटनाहरू हुनबाट रोक्न मलाई जानुपर्छ । मलाई यो पनि थाहा छ कि मैले जति सुकै किन नभनु त्यो समाधान हुनेछैन,’ घटनाप्रति दुःख व्यक्त गर्दै अझ अगाडि उनले भनेका छन् । सकेसम्म चाँडो जनतासँग भेट्ने पनि उनले बताए । उनले घटनाको बारेमा प्रश्न पनि उठाएका थिए ।

‘हामी ‍र्‍यालीको लागि लगभग पाँच जिल्लामा गयौं । कतै पनि केही भएन । यो केवल करुरमा किन भयो ? मानिसहरूलाई सम्पूर्ण सत्य थाहा छ । मानिसहरूले सबै कुरा हेरिरहेका छन्…हामी हामीलाई तोकिएका ठाउँहरूमा उभिएर बोल्यौं । हामीले त्योभन्दा बाहिर केही गरेनौं,’ उनले भनेका थिए ।

गत हप्ता, करुरमा एक ‍र्‍यालीमा भागदौड हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖