• Monday 5th of October 2026

ब्राजिलमाथि जापानको ऐतिहासिक जित


  • धनकुटा खबर
  • .

जापानले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई मैत्रीपूर्ण फुटबल खेलमा ३–२ ले हराउँदै ऐतिहासिक जित हासिल गरेको छ। यो जापानको ब्राजिलमाथिको १४ खेलमा पहिलो जित हो।

टोकियोमा भएको मैत्रीपूर्ण खेलको पहिलो हाफमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै २–० को अग्रता लिएको थियो। पाउलो हेन्रिक र गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए।

तर दोस्रो हाफमा जापानले शानदार पुनरागमन गर्‍यो। खेलको ५२औं मिनेटमा टाकुमी मिनामिनोले फाब्रिसियो ब्रुनोको गल्तीबाट गोल गर्दै अन्तर घटाए। त्यसको नौ मिनेटपछि ब्रुनोले नै आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो।

७१औं मिनेटमा जुन्या इटोले दिएको उत्कृष्ट कर्नरमा आयासे उएदाले हेडिङ गोल गर्दै जापानलाई ऐतिहासिक जित दिलाए।

ब्राजिलका कप्तान कासेमिरोले खेलपछि भने, ‘दोस्रो हाफमा हामी सबै सुत्यौं जस्तो भयो। यस्तो गल्ती ठूलो प्रतियोगितामा महँगो पर्न सक्छ।’

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले यस खेलमा केही नयाँ खेलाडी परीक्षण गरेका थिए। पहिलो हाफमा बलियो देखिएको टोली दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दै अन्ततः पराजित भयो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖