• Wednesday 7th of October 2026

अस्ताए लोकेन्द्र – बूढीलाई अन्तिम फोन सानु महिना पुग्नै लागेको छ ,दशै राम्रोसंग मनाउनु…


  • धनकुटा खबर
  • .

ईजरायलमा अस्ताएका लोकेन्द्रको आफ्नो बूढीलाई अन्तिम फोन : “सानु काम शुरु गरेको एक महिना पुग्नै लागेको छ । अब त तलब आउने बेला पनी भयो । तलब आएपछि म पैसा पठाईदिन्छु । दशै राम्रोसंग मनाउनु, छोराछोरीलाई नँया लुगा किनिदिनु ।” शुक्रवार बेलुका उनले फोन गरेर बुढीसंग कुरा गरेका थिए, त्यसको भोलीपल्टै शनिवार बिहानै ईजरायलमा हमासको आक्रमण दर्जनौ नेपालीहरु घाईते, केहीको मृत्यु लगायतका समाचारहरु छ्यापछ्याप्ती आउन थाले ।

समाचार सुनेर लोकेन्द्रको परिवारले लोकेन्द्रलाई सम्र्पक गर्न खोजे । तर बिडम्बना लोकेन्द्रसंग सम्र्पक हुन् सकेन् ।आईतबार साँझतिर सामाजिक सञ्जालमा ईजरायलमा मृत्यु भएका नेपालीहरुको विबरण सार्वजनिक भयो । जसमा लोकेन्द्रको नाम पनी समावेश थियो । लोकेन्द्रको मृत्युको खबर सुनेपछि बिक्षप्त बनेको परिवार अहिलेसम्म पनी होशमा छैनन् । लोकेन्द्रले केही बर्ष अगाडी मात्रै प्रेम बिबाह गरेका थिए । उनका ३ बर्षकी छोरी र १ बर्षको छोरा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖