• Thursday 8th of October 2026

गेष्ट हाउसमा एक युवती मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं :सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी गत असोज ८ गतेदेखि गेष्ट हाउसमा बस्दै आएकी थिइन्। २० वर्षीया राउत होटलको कोठा भित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖