• Wednesday 7th of October 2026

हजुरआमाको हत्या गरेर फरार रहेका तोयनाथ १९ वर्षपछि पक्राउ


  • धनकुटा खबर
  • .

चितवन। नाताले हजुरआमा पर्ने भरतपुर महानगरपालिका वडा नं. ७ की मनकुमारी वाग्लेको हत्या गरेर १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

२०६१ मंसिर १४ गते हजुरआमा वाग्लेको घरमा बस्न आएका भरतपुर महानगरपालिका वडा नं. २८ का हाल ४३ वर्षीय तोयनाथ वाग्लेलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको हो ।

वाग्ले २४ वर्षको हुँदा हजुर आमाको हत्या गरेका थिए । उनलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढीपीडित भन्ने स्थानको एक मन्दिरबाट जोगीको भेष धारण गरेर बसिरहेको बेला असोज २२ गते सोमवार (हिजो) इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनले टोलीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।

राति सुतेको बेलामा चापागाईंले बाग्लेको टाउकोमा बासको लौरो र ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेपछि उनले लगाएका गरगहना लुटेर ढोका साँचो लगाई फरार भएका थिए । चितवन प्रहरीले चालु आर्थिक बर्षको असोजसम्म २४ जना यस्ता फरार प्रतिवादीहरु पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖