• Wednesday 7th of October 2026

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरका एक जना पक्राउ


  • धनकुटा खबर
  • .

सुनसरी, असोज २३ । इटहरीमा एक महिलाको हत्या गरेको आरोपमा भोजपुरका एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका–९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖