• Monday 5th of October 2026

युवा क्रिकेट खेलाडीको मैदानमै मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ।

१७ वर्षीय बेन अस्टिन नामका क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा लागेको थियो। अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको छ।

मंगलबार घाइते भएपछि आपतकालीन सेवाहरू बोलाइयो। अस्पताल लगिएपछि बेनलाई लाईफ सपोर्ट प्रणालीमा राखिएको थियो। यद्यपि, बुधबार उनको मृत्यु भयो।

उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖