अभिनेता प्रकाश सपुतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु आफ्नो गल्ती भएको खुलेर स्वीकार गरेका छन्।
फिल्म ‘सोल्टिनी’ को प्रवर्धनका क्रममा एक अन्तर्वार्तामा सपुतले भने, “ओलीको प्रशंसा गर्दा मेरो हाइट घट्यो, त्यो मेरो गल्ती थियो।”
उनले अहिले कुनै राजनीतिक नेताको गुणगान गाउने होइन, बरु खबरदारी गर्ने समय आएको बताए। सपुतका अनुसार, “सरकार भनेको जिम्मेवार निकाय हो, त्यसलाई निगरानी गर्नुपर्छ, प्रशंसा होइन।”
‘वसन्त’ फिल्मको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा गरेपछि सपुत सामाजिक सञ्जालमा तीव्र आलोचनाको पात्र बनेका थिए।
