• Wednesday 7th of October 2026

अनुसन्धानका नाममा दु:ख दिएको भन्दै राजस्वको टोलीमाथि मिर्चैयामा ढुंगामुढा


  • धनकुटा खबर
  • .

इटहरी । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् ।

अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दु:ख दिएको भन्दै टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो । स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको छ ।

राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा-मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।

असोज ४ मा टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो ।

उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो । राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖