• Friday 9th of October 2026

निकोलस भुसाल बेपत्ता


  • धनकुटा खबर
  • .

माइतीघर मण्डलामा आइतबार दिउँसो २ बजे सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन्। सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरेपछि उनी अचानक सम्पर्कविहीन भएका हुन्।

प्रहरी स्रोतका अनुसार भुसालले लागूऔषध सेवन गरेको अवस्थामा कार्यक्रमको घोषणा गरेका थिए र त्यसले सम्भावित मुठभेड निम्त्याउने खतरा देखिएको थियो। त्यस कारण प्रहरीले उनलाई प्रदर्शनअघि नै नियन्त्रणमा लिने तयारी गरेको थियो। तर अहिले उनी न घर–परिवारको सम्पर्कमा छन्, न त प्रहरीले भेटाउन सकेको छ।

भुसालको खोजीका लागि काठमाडौंका विभिन्न प्रहरी टोली आइतबार बिहानैदेखि सक्रिय छन्। उनी बस्ने डेरामा बाहिरबाट साँचो लगाइएको छ र मोबाइल फोन स्विच अफ अवस्थामा रहेको बताइएको छ। प्रहरीले भेटिएपछि उनलाई पुनर्वास (रिह्याब) सेन्टरमा पठाउने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार माइतीघरमा कुनै प्रदर्शनको अनुमति नलिइएको थियो। “अनुमति बिना प्रदर्शन गर्न पाइँदैन, गरे नियन्त्रणमा लिन्छौं,” उनले भने। भुसाल यसअघि पनि माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका थिए र स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पुष्टि भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖