काठमाडौं, असोज २४ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख आठ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने यथावत रहँदै प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
