• Wednesday 7th of October 2026

सालनालसहित फालिएको अवस्थामा मृत शिशु भेटियो


  • धनकुटा खबर
  • .

चितवन । भरतपुर महानगर १६, को बरमपुर, सुन्दरचोकमा एक शिशु सालनालसहित फालिएको अवस्थामा भेटिएको छ ।

स्थानीय रमा पण्डितको घरको आडैमा रहेको खाली जग्गामा जन्मिने बित्तिकैको शिशु फालिएको अवस्थामा भेटिएको हो ।

आज बिहान ९ बजे पण्डितले घर सफाइ गर्ने बेला प्लास्टिकमा फोहोर जस्तो देखिएपछि फाल्न आउँदा मृत शिशु भेटिएको थियो ।

पण्डितले घर आडैमा कुकुरले कताबाट मासु ल्याएर फालेछ भनेर टिप्न जाँदा प्लास्टिकमा बेरिएको अवस्थामा सालनाल सहित रहेको शिशु भेटिएको बताइन् ।

भर्खरै घटना स्थलमा प्रहरी आइपुगेको छ । कसले शिशु फालेको भन्नेबारे जानकारी आइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖