ढाका। ठीक ५८ वर्षअघि यही दिन शीख हसिनाले परमाणु वैज्ञानिक एम ए वाजेद मियाँसँग गरेको साधारण विवाहको स्मृतिले अझै जीवित छ। तर यस पटक यही मितिमा हसिनाको राजनीतिक जीवनले सबैभन्दा कठोर मोड लियो। ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले २०२४ को छात्र आन्दोलन दमनमा ‘मानवताविरुद्धको अपराध’ को दोषी ठहर गर्दै ७८ वर्षीया पूर्वप्रधानमन्त्री हसिनालाई अनुपस्थितमै मृत्युदण्ड सुनायो।
उनी २०२४ अगस्टदेखि भारतमा निर्वासनमा छन्। सोही मुद्दामा पूर्वगृहमन्त्री असदुज्जामान खान कमाललाइ पनि फाँसीको सजाय सुनाइएको छ, जबकि पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल मामुन राज्यका साक्षी बनेपछि सजाय हल्का भयो।
यो अदालत हसिनाकै नेतृत्वमा २००९ मा स्थापना गरिएको थियो, जसले १९७१ को युद्धअपराध छानबिन गर्थ्यो। तर यस पटक अदालतले हसिनालाई २०२४ को जुलाई, अगस्टमा भड्किएको विद्यार्थी विद्रोह दमनका ‘मुख्य योजनाकार’ ठहर गर्यो। संयुक्त राष्ट्रसंघका अनुसार त्यो विद्रोहमा सुरक्षाबलको गोली प्रहारबाट मात्रै करिब १४०० को मृत्यु भएको थियो, हजारौं घाइते परेका थिए।
मितिको मिलानले देशभर राजनीतिक हलचल, सामाजिक सञ्जालमा व्यंग्यको बाढी
यो फैसला ठीक विवाह वार्षिकोत्सवकै दिन घोषणा भएपछि बंगलादेशभर प्रतीकात्मक तरंग फैलियो। सामाजिक सञ्जालमा तिखा टिप्पणी छ्यापछ्याप्ति भए,
“हामीकी पूर्व प्रधानमन्त्री हत्यारिणी हसिनालाई ‘शुभ विवाह वार्षिकोत्सव’,” एक प्रयोगकर्ताको व्यंग्यात्मक टिप्पणी थियो।
कति ले भने उनीहरूको मुद्दा नोभेम्बर १४ बाट १७ मा सार्नु ‘जानाजान अपमानजनक संकेत’ भएको दाबी गरे। हसिनाको समूहले यसलाई ‘नाटकको मुखुन्डो लगाएको न्याय’ र आगामी २०२६ फेब्रुअरीको चुनावअघि आवामी लीगलाई समाप्त पार्ने राजनीतिक खेल भनेको छ। पार्टी त पहिले नै प्रतिबन्धित भइसकेको छ।
भारतबाट पठाएको ईमेलमार्फत हसिनाले भनिन्,
“यो पूर्वाग्रही र राजनीतिक प्रतिशोधले भरिएको प्रक्रिया हो। आजको शासन नै मानवअधिकारको हत्यारा हो।”
पीडित परिवार भने भन्छन्, ‘यो नै न्यायको दिन’
ढाका अदालत बाहिर विद्रोहमा मारिएका विद्यार्थीका परिवार भावुक र उत्साहित देखिन्थे।
एक पीडित दाजुभाइ मिर्महबुबुर रहमान स्निग्धले भने,
“हसिनाले गरेको अत्याचारका लागि हजारौं फाँसी पनि कम हुन्छ।”
ढाकामा त्यो दिन १७ हजार सुरक्षाकर्मी, बख्तरबंद गाडी र ‘देख्ने बित्तिकै गोली’ आदेशसम्म जारी गरिएको थियो। आवामी लीगको बन्द र विस्फोटका प्रयास नियन्त्रण गर्न प्रहरीले कडा कारबाही गर्यो।
जुन घरमा कहिल्यै खुसी पलाएका थिए, त्यही स्थान आज राजनीतिक चिहान
हसिनाको परिवार घर रहेको स्थान, जुन १९७५ को सैन्य बिद्रोहपछि भग्नावशेष बनेको थियो, आसपासमा विरोध प्रदर्शन हुँदा प्रदर्शनकारीहरूले “पुरै हटाइदेउ” भन्दै नारा लगाएका थिए।
यो केवल फैसला होइन, बंगलादेशको आत्माको मोड
१९६७ मा हसिना र वाजेद मियाँको विवाह राजनीतिक अशान्तिका बीच भएको थियो। त्यो सम्बन्ध दृढताका रूपमा हेर्ने गरिन्थ्यो। तर आज, त्यही मिति उनको ‘राजनीतिक पतन’ को प्रतीक बनेको छ।
देश हालै मात्र १५ वर्ष लामो शासनबाट मुक्त भएको छ, तर जुलाई २०२४ को ‘कोटा आन्दोलन’ का घाउ अझै बल्झिएका छन्।
अब प्रश्न के छ
• के यो फैसला पीडितका घाउ निको पार्नेछ
• कि देशलाई फेरि गृहयुद्धतिर धकेल्नेछ
भारतले प्रतिक्रिया दिए, “हामी यसलाई नोट गरेका छौँ र संवाद गर्दैछौँ”
ढाकाले हसिनाको प्रत्यर्पण माग गरेको छ
युनुसले यसलाई “ऐतिहासिक फैसला” भने, तर संयमको आग्रह पनि गरे
तर आवामी लीगले चुनाव बहिष्कार र विरोध घोषणा गरिसकेको छ।
बंगलादेश अब सबभन्दा कठिन मोडमा छ
व्यक्तिगत इतिहास र राष्ट्रिय इतिहास एकै दिन ठोक्किएको यो क्षण भविष्यलाई नै पुनःनिर्माण गर्ने मोड बन्न सक्छ।
