• Monday 5th of October 2026

‘परान’ हेरेपछि हिमानी शाहले यसो भने…


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् ।

सोमबार राती ८ बजे दरबार सिनेप्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया दिँदै शाहले ’परान’मा नेपालको यथार्थ भेटिने बताइन् ।

प्रतिक्रिया दिने क्रममा शाह भन्छिन्, ‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपालीहरू विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ ।’ शाह आफ्नो केहि आफन्तका साथमा हलमा पुगेकी थिइन् । परान तेस्रो सातामा पुग्दै गर्दा ११ करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ । साथै हलमा दर्शकको सङ्ख्या अझै उच्च छ ।

दीपक प्रसाद आचार्य निर्देशित ’परान’मा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा रञ्जित आचार्य र शेखर गोल्छाकाे लगानी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖