• Monday 5th of October 2026

एनपीएलमा रन आउटकै एक करोड

  • धनकुटा खबर
  • .

काठमाडौं -कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रयास भएको रहस्य बाहिरिएको छ। खेलाडीलाई रनआउट हुन रकम प्रलोभन दिइएको सूचनाका आधारमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका व्यक्तिहरूमा भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेको कार्यालयले जनाएको छ। रेविका भारतको चण्डिगढमा बस्दै आएकी थिइन्।

इन्स्टाग्राममार्फत सम्पर्क, ‘स्पोन्सर’ भन्दै प्रस्ताव
अनुसन्धानका अनुसार पक्राउ परेकी युवतीले इन्स्टाग्राममार्फत एनपीएलका करिब सात खेलाडीसँग सम्पर्क गरेकी थिइन्। आफू स्पोन्सर खोज्दै हिँडेको भन्दै उनले खेलाडीहरूसँग नजिकिने प्रयास गरेको देखिएको छ। सम्पर्क परेकामध्ये एक खेलाडीले मात्र उनको म्यासेजलाई जवाफ दिएका थिए।
३० कात्तिकमा रेविका भारतीय युवक दिलप्रितलाई लिएर काठमाडौं आएको अनुसन्धानले देखाएको छ। उनीहरूले जवाफ फर्काएका खेलाडीलाई पुनः सम्पर्क गर्दै होटलमा भेट्न आग्रह गरेका थिए।

एक करोडको प्रलोभन
१ मंसिरमा खेलाडी र ती दुईबीच भएको भेटमा उनीहरूले ‘रन आउट भएबापत’ एक करोड रुपैयाँ दिने प्रस्ताव राखेको प्रहरी स्रोतले जनाएको छ। खेलाडीले तत्कालै टिम व्यवस्थापनलाई यसबारे खबर गरे र सोही दिन अपराध अनुसन्धान कार्यालय टेकुलाई जानकारी गराइयो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रयास भएको रहस्य बाहिरिएको छ। खेलाडीलाई रनआउट हुन रकम प्रलोभन दिइएको सूचनाका आधारमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका व्यक्तिहरूमा भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेको कार्यालयले जनाएको छ। रेविका भारतको चण्डिगढमा बस्दै आएकी थिइन्।

लाजिम्पाटबाट गिरफ्तारी
सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले अन्ततः लाजिम्पाटस्थित एक स्थानबाट दुवै जनालाई पक्राउ गर्न सफल भयो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू ह्वाट्सएप र इन्स्टाग्राममार्फत सट्टेबाजी (बेटिङ) सञ्चालन गरिरहेको प्रमाण पनि फेला परेको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी परिसर भद्रकाली पठाइएको उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖