• Monday 5th of October 2026

मलाईकाले किन भेटिन् सलमानकी प्रेमीका ?


  • धनकुटा खबर
  • .

मुम्बई । अभिनेत्री मलाइका अरोराले शनिबार राति डिजाइनर ड्रेसमा र्‍याम्प वाक गरिन् । ५२ वर्षीया अरोरा रातो पहिरनमा सजिएर र्‍याम्प वाक गर्दा निकै सुन्दरी देखिएकी थिइन् । फ्यानहरूले उनको लुक्स, स्टाइल र वाकको निकै तारिफ गरेका छन् ।

यही कार्यक्रमको ब्याकस्टेजमा मलाइको भेट सलमान खानकी प्रेमिकाको रुपमा चर्चित युलिया वन्तुरसँग भएको छ । र्‍याम्प वाक सकेर ब्याक स्टेज जाँदा उनको भेट वन्तुरसँग आकस्मिक भएको हो । उक्त भेटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भेटलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

सलमान खानका भाइ अरबाज खानसँग सम्बन्ध विच्छेद भएपछि मलाइका अरोरा खान परिवारसँग खासै नजिक देखिन्नन् । तर, हालै र्‍याम्प वाक सकेर ब्याकस्टेज जाने क्रममा अचानक उनको वन्तुरसँग भेट भयो ।

आफ्ना अगाडि युलियालाई देख्दा मलाइका सुरुमा केही चकित परेकी थिइन् । लगत्तै युलियाले मलाइकालाई अँगालो हालिन् । भिडियोमा दुवै जना निकै बेरसम्म कुराकानी गरेको र उनीहरूबिच राम्रो सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖