काठमाडौँ । गायिका रचना रिमालले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काको प्रशंसा गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्– ‘सही ठाउँमा, सही व्यक्ति पुग्दा कस्तो प्रभाव पर्छ भन्ने कुरा हो उदाहरण हुनुहुन्छ हाम्रो पारस दादा । पारस खड्का नेपाली क्रिकेटको इतिहासको पानामा सुनौलो अक्षरले कोरिएको एउटा नाम हो । ‘
रचनाले थप भनेकी छिन्– ‘उहाँले खेलाडीको रूपमा राष्ट्रको लागि खेलेको प्रत्यक्ष हेर्ने सौभाग्य त मैले प्राप्त गरिन तर उहाँले समग्र नेपाली क्रिकेटको विकास र नेपाली क्रिकेटलाई नयाँ उचाइ प्रदान गर्न गरिरहनुभएको मिहिनेत र लगनशीलता भने देख्ने र महसुस गर्ने सौभाग्य प्राप्त गरिरहेकी छु । ‘
