• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं। उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।

भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो।

अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।

भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖