• Friday 16th of October 2026

काठमाडौँ महानगरपालिका प्रहरीका पूर्व अधिकारी लोकनाथ चुडाल श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा आबद्ध


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिका प्रहरीका पूर्व अधिकारी लोकनाथ चुडाल श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा आबद्ध भएका छन्।

हर्क साम्पाङ नेतृत्वमा रहेको यो राजनीतिक समूहलाई आफूले समर्थन गर्ने निर्णय सार्वजनिक गर्दै चुडालले पार्टीलाई “धर्तीको संरक्षण गर्ने विचारधारा बोकेको संगठन” भनेर व्याख्या गरेका छन्। उनलाई केन्द्रीय सदस्य बनाइएको छ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टीले उठाएका मुद्दा देशको माटो, श्रम र स्वाभिमानसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै त्यसकै कारण आफू आकर्षित भएको स्पष्ट पारे। चुडालका अनुसार अहिलेको राजनीतिक वातावरणमा जनताले भरोसा गर्न सक्ने वैकल्पिक शक्ति श्रम संस्कृति पार्टी बन्न सक्ने सम्भावना रहेको छ।

हर्क साम्पाङले चुडालको प्रवेशलाई स्वागत गर्दै पार्टी संगठनले नैतिकता र जनमुखी कार्यशैलीमा आधारित भएर अघि बढ्ने पुनः पुष्टि गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖