• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड


  • धनकुटा खबर
  • .

बेइजिङ । चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका एक पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्युदण्ड पाउनेमा चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुई छन्। उनलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गरेबापत १५६ मिलियन डलरभन्दा बढी रकम घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

सिएचएच चाइना हुआरोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो, जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ।

राष्ट्रपति सी जिनपिङको वर्षौँ लामो भ्रष्टाचार विरोधी दमनको एक प्रमुख लक्ष्य ह्वारोङ रहेको छ। यसका पूर्व अध्यक्ष सियाओमिनलाई सन् २०२१ जनवरीमा २५ करोड ३० लाख डलरको घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको थियो। अन्य धेरै हुआरोङ अधिकारीहरू पनि भ्रष्टाचार विरोधी अनुसन्धानमा फसेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖