• Wednesday 7th of October 2026

पूर्व प्रहरी नै लुटपाटमा संलग्न


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गरेको आरोप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापा रहेका छन् ।

तामाङ बुधबार र थापालाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवै जनालाई विराटनगर–१ स्थित धनावत पुलनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रहरी हौं भन्दै दुई जनाले विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरेका थिए । पीडित साहबाट बिमा तिर्न र बैंकमा जम्मा गर्न ल्याएको १२ लाख रूपैयाँ लुटपाट भएको बताइएको छ ।

असोज २२ गते सोमबार दिउँसो १२ बजे मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै गर्दा साह लुटिएको बताइएको छ । बहालवाला प्रहरी हौं भन्दै लुटपाट गर्ने तामाङ र थापा दुवै जना पूर्वप्रहरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖