• Wednesday 7th of October 2026

नेपाल फर्किन इजरायलको एयरपोर्टमा भेला भए २५० नेपाली


  • धनकुटा खबर
  • .

हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुग्दै छ।

काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडिसकेको छ।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ।

परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीका अुनसार अब विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण गर्नेछ। जहाज त्यहाँ दुई घण्टा बस्नेछ।

त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ।

हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖