• Wednesday 7th of October 2026

मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे सरकारको जवाफ माग


  • धनकुटा खबर
  • .

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले नेपालले जारी गरेको चुच्चे नक्साभित्र पर्ने कुटी र गुञ्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेको प्रति सरकारले जवाफ दिनुपर्ने माग गरेका हुन्।

उनले छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिका आउदा सरकारले जनता र सदनलाई जानकारी गराउनु पर्दैन भन्दै प्रश्न गरे। लामिछानेले भारतीय प्रधानमन्त्री नेपालको नक्सामा रहेको नेपालको भूभागमा आउन सरकार बेखवर रहेको भन्दै आपत्ति जनाए। भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिहान गुञ्जी लगाएतमा क्षेत्रको भ्रमण गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖