• Wednesday 7th of October 2026

काठमाडाैंकाे बाैद्धमा प्रहरीले चलायाे लुटेरा समूहमाथि गाेली


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको बौद्धमा गोली चल्दा एक जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका ७ स्थित बौद्धमा लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले एउटा पेस्तोलसहित ७ राउण्ड गोली लुटेरासमूहबा बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए । प्रहरीमाथि आक्रमण गर्न खोजेपछि लुटेरासमूहमा गोली चलाएको उनले बताए ।

उनका अनुसार गाेली लागेर लुटेरा समूहको २५ वर्षीय अमर घलान घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖