• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कुलमान र बालेनले हाम्रो समय मात्रै खेर फाले :रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच शनिबार पनि प्रत्यक्ष संवाद हुन सकेको छैन। शुक्रबार दोस्रो तहका प्रतिनिधिहरूले सहमतिको ड्राफ्ट तयार भएको दाबी गरेका थिए, तर सहमतिपत्रमा हस्ताक्षर गर्ने योजना पनि पूरा हुन सकेन।

शुक्रबारको छलफलपछि शनिबार बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच मात्रै वार्ता भएको थियो। स्रोतका अनुसार उक्त बैठकले रास्वपाले समय मात्र कटाउन खोजेको निष्कर्ष निकालेको छ। यही कारण बालेनपक्षले समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार पार्न सुरु गरेको छ। साँझ पुनः कुलमानसँग समन्वय गर्दै दुवै पक्षले सूचीलाई अन्तिम रूप दिने तयारी गरिरहेका छन्।

बालेननिकट स्रोतले बताएअनुसार भूपदेव शाह, कुमार व्यञ्जनकार, निश्चल बस्नेत, असिम शाह र शिशिर खनाललगायत निरन्तर छलफलमा संलग्न थिए। तर, रास्वपाले ३० प्रतिशतभन्दा बढी हिस्सा दिन अस्वीकार गरेपछि सहमतिको अन्तिम कार्यसूची स्थगित भएको छ। यदि कुनै समाधान नभए, आगामी चुनावमा रवि र बालेन अलगअलग दलबाट भाग लिन सक्ने संकेत छ।

बुधबार–बिहीबार बालेनले कुलमानसहितका शक्तिहरूलाई साथमा लिएर रास्वपामा पार्टी र चुनाव चिन्हको स्वीकृति दिने प्रयास गरेका थिए। तर रास्वपापक्षले ३० प्रतिशतको सीमाभित्र सबैलाई अटाउने अडान राखेपछि बालेन पछि हटेका हुन्। रविले बालेनलाई प्रधानमन्त्री बनाएर आफू दोस्रो वरीयतामा राख्ने प्रस्ताव राखे पनि सहमति हुन सकेको छैन।

बालेनपक्षले भने रास्वपाबाट अडान अलमल पार्ने प्रयास भएको ठानेको छ। यदि कम्तीमा ५० प्रतिशत हिस्सा बालेनलाई दिइएको भए, तराईका दुई शक्ति, जनमत र नागरिक उन्मुक्तिसहित केही नयाँ दलहरूलाई पनि समेट्न सकिन्थ्यो।

अहिले बालेन टिम कुलमानसँग समन्वय गर्दै निर्वाचन आयोगमा बुझाउन मिल्ने समानुपातिक उम्मेदवार सूची तयार गर्ने काममा जुटेको छ। बालेनपक्षले भोलि (आइतबार) पहिलो सत्रमा सूची टुंग्याउने लक्ष्य राखेको स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖