• Wednesday 7th of October 2026

पूर्वमेयर कृष्ण पौडेल मृत फेला


  • धनकुटा खबर
  • .

बारा — बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार साँझ जितपुर सिमरा-२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले कान्तिपुरलाई जानकारी दिए ।

प्रहरीका अनुसार पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । डीएसपी न्यौपानेका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ । बारामा सहकारी क्षेत्रमा समेत योगदान गरेका पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित भएका थिए ।

पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ ।-लक्ष्मी शाह/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖