राजिनामा दिएपछि कुलमानलाई बिदाइ गर्दै प्रधानमन्त्री सुशीला कार्कीले भनिन्-
‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ, ‘रातदिन नभनी खट्नुभयो ।
देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैं पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो ।
यो कुरा देशले सम्झनेछ । जनताले मूल्यांकन गर्नुहुनेछ ।’
