• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवालाई नेता शर्माको सुझावः माथिबाट बोलाउने बेला भइसक्यो, अब रोइलो छाडेर ,विशेष महाधिवेशन हलमा आउनुस्


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले संस्थापन समूहले न्यूनतम् लोकतान्त्रिक मान्यतालाई समेत लत्याएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर गरेको मागलाई संस्थापन समूहले छलफल गराउने आँटसम्म नगरेको बताएका हुन् ।

‘हाम्रो पार्टीले न्युनतम् लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर ५५ प्रतिशत साथीहरुको हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा बुझाएको हस्ताक्षर र मागलाई छलफल गराउनेसम्मको आँट गर्न सकेन । यो बिडम्बना हो कि होइन ?’ प्रश्न गर्दै उनले भने ।

हाम्रो सभापति शेरबहादुर दाइलगायत केन्द्रीय समितिमा ज–जसले यी साथीहरुको मागको अबमूल्यान गर्नुभयो, उहाँहरुलाई हामी यहाँबाट सोध्न चाहन्छौं– पूर्वदेखि पश्चिमसम्मको गाउँबाट आएको अनुहारले तपाईँहरुलाई गिज्याइरहेका छन् कि छैनन् ?

नेता शर्माले पार्टी नफुटाइकन एक ढिक्का भएर जानका लागि आफूहरु सबै विकल्पको लागि तयार रहेको बताए । उनले सभापति शेरबहादुर देउवालाई भोलिको बन्दसत्रमा आएर सम्बोधन गर्न सुझाव दिए । उमेरको कारण माथिबाट बालाइरहेको बेलामा रोइलो छाडेर हलमा आइ अपनत्व लिन नेता शर्माले सभापति देउवालाई आग्रह गरे ।

‘तपाईँलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेको बेलामा आफ्ना कार्यकर्ताहरु, हिजो जसले तपाईँलाई भोट हाल्यो, सभापति बनायो, हिजो जसले देशभरीबाट मत संकलन गरेर पटक–पटक सत्तामा पुर्यायो, अब त्यो रोइलो छाडेर हलमा आउनुस्, हामी विकल्प दिन सक्छौं,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖