• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

डोनाल्ड ट्रम्प चढेको विमान एयरफोर्स वानमा उडेको केही समयमै गडबडी


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान एयर फोर्स वन मंगलबार साँझ स्विट्जरल्यान्डतर्फ उडान भरेको करिब एक घण्टापछि पुनः जोइन्ट बेस एन्ड्रुज फर्किएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार उडान भइसकेपछि विमानमा सवार चालक दलले “विद्युत समस्या” पहिचान गरेपछि सावधानी स्वरूप फर्किने निर्णय गरिएको हो।

विमानमा रहेका एक पत्रकारले भने अनुसार उडान भइसकेपछि प्रेस क्याबिनको बत्ती केही समयका लागि निभेको थियो तर तत्काल कुनै स्पष्टीकरण दिइएको थिएन। करिब आधा घण्टा उडान भइसकेपछि पत्रकारहरूलाई विमान फर्किने जानकारी दिइएको थियो।

ट्रम्प त्यसपछि अर्को विमान एयर फोर्स सी-३२ मा चढी मध्यरातपछि दाभोसमा हुने विश्व आर्थिक मञ्चतर्फको यात्रा जारी राखे। यो विमान सामान्यतया राष्ट्रपति द्वारा साना विमानस्थलहरूमा घरेलु भ्रमणका लागि प्रयोग गरिन्छ ।

हाल प्रयोगमा रहेका दुईवटा एयर फोर्स वन विमान करिब चार दशकदेखि उडिरहेका छन्। बोइङले नयाँ विमान निर्माणको काम गरिरहेको भए पनि कार्यक्रममा पटक–पटक ढिलाइ भएको छ। यी विमानहरूमा राष्ट्रपति सुरक्षाका लागि विशेष प्रविधि जस्तै विकिरणबाट बचाउने प्रणाली, एन्टि-मिसाइल प्रविधि, तथा विश्वका जुनसुकै स्थानबाट सैन्य सम्पर्क कायम राख्न सक्ने संचार प्रणालीहरू जडान गरिएको छ।

गत वर्ष कतारको शासक परिवारले ट्रम्पलाई विलासी बोइङ ७४७-८ जम्बो जेट उपहार स्वरूप दिएको थियो, जसलाई एयर फोर्स वन फ्लीटमा थप गर्ने तयारी भइरहेको छ। तर उक्त विमानलाई सुरक्षा मापदण्ड पूरा गर्न हाल पुनः संरचना गरिँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖