• Sunday 4th of October 2026

केपी ओलीको नाम जोडेर पोस्ट गरेपछि विवादमा इस्टु कार्की


  • धनकुटा खबर
  • .

काठमाडौ । चर्चित नेपाली कन्टेन्ट क्रिएटर तथा कलाकार–मोडेल इस्टु कार्कीले सामाजिक सञ्जालमा गरेको एक व्यंग्यात्मक र असान्दर्भिक पोस्टका कारण वि’वादमा आएकी छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर गरिएको उक्त पोस्टले सामाजिक सञ्जालमा तीव्र बहस जन्माएको छ।

उल्लेखनीय कुरा के छ भने, ओली प्रधानमन्त्री भएको बेला कार्कीले उनीसँग भेट गरी तस्बिरसमेत खिचेकी थिइन्। अहिले भने ओलीकै नाम जोडेर गरिएको व्यंग्यात्मक पोस्टलाई लिएर उनको आलोचना भइरहेको छ।

कार्कीले लेखेकी पोस्टमा भनिएको छ-
“यदि चुरोटको खोलमा केपी ओली बा को फोटो मात्र राखिदिने हो भने आधा नेपाल धूम्रपानमुक्त हुनेछ!
समाज 😁
– साभार”

पोस्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै खालका प्रतिक्रिया देखिएका छन्, जसले कार्कीलाई फेरि एकपटक विवादको केन्द्रमा ल्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖