• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विश्वविद्यालयमा चक्कु आक्रमण, चार विद्यार्थी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसको उफा शहरमा भएको आक्रमणमा चार भारतीय विद्यार्थी घाइते भएको रुसस्थित भारतीय दूतावासले जनाएको छ।

“उफामा आक्रमणको एउटा दुखद घटना भएको छ। चार भारतीय विद्यार्थी सहित धेरै जना घाइते भएका छन्,” भारतीय दूतावासले एक्समा पोस्ट गरेको छ।

भारतीय दूतावासले घाइते विद्यार्थीहरूलाई सहयोग गर्न अधिकारीहरू उफा जाँदै गरेको बताएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार रुसको उफा शहरको एक विश्वविद्यालयमा छुरा प्रहारको घटना भएको छ, जसमा कम्तिमा छ जना घाइते भएका छन्।

प्रारम्भिक रिपोर्ट अनुसार, बाशकोर्तोस्तान गणराज्यको उफामा रहेको स्टेट मेडिकल युनिभर्सिटीको छात्रावासमा चक्कु लिएर एक किशोर प्रवेश गरे र त्यहाँ बस्ने विद्यार्थीहरूमाथि आक्रमण गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖