काठमाडौं, असोज २६ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ ।
नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं. ८ लाई उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल–२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सेनाले जनाएको छ । उनी उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए ।
स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
